घानाका उपराष्ट्रपति बावुमियाद्वारा राष्ट्रपति चुनावमा हार स्वीकार | ईमाउण्टेन समाचार

Our Network

मंसिर २४ २०८१, सोमबार

घानाका उपराष्ट्रपति बावुमियाद्वारा राष्ट्रपति चुनावमा हार स्वीकार

मंसिर २४, सोमबार

घानाका उपराष्ट्रपति र सत्तारुढ पार्टीका उम्मेद्वार महामुदु बाबुमियाले २०२४ को राष्ट्रपति चुनावमा आईतवार हार स्वीकार गर्नुभएको छ । आफ्नो आधिकारिक निवासबाट एक संक्षिप्त टेलिभिजन सम्बोधनमा सत्तारुढ नयाँ देशभक्त पार्टीको नेतृत्व गर्ने बाउमियाले नतिजाहरू स्वीकार गर्नुभएको हो । घानावासीहरूलाई उनीहरूको समर्थनको लागि कृतज्ञता व्यक्त गर्नुभयो । राष्ट्रपतिको दौडमा विजयी भएकोमा पूर्वराष्ट्रपति जोन द्रामणि महामालाई बधाई दिनुभयो ।

विपक्षी राष्ट्रिय लोकतान्त्रिक कंग्रेसको नेतृत्व गर्दै आउनुभएका महामाले आईतवार सामाजिक सञ्जालमार्फत आफ्नो जितको घोषणा गर्नुभयो । घानावासीहरूले नयाँ राष्ट्रपति र २७६ सांसदहरू चयन गर्न शनिवार मतदान गरेका थिए । घानाको निर्वाचन आयोगले आधिकारिक रूपमा अन्तिम परिणाम घोषणा गर्न बाँकी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);