माओवादी ६४ कै लयमा फर्किँदैछ, अब राजनीतिक कोर्स बदलिन्छ: प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

मंसिर २२ २०८१, शनिबार

माओवादी ६४ कै लयमा फर्किँदैछ, अब राजनीतिक कोर्स बदलिन्छ: प्रचण्ड

२०८१,०८,२२
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक कोर्स बदल्नुपर्ने बेला आएको बताएका छन् ।माओवादी केन्द्र गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले शासकीय स्वरूप र निर्वाचन प्रणाली बदलेरमात्रै राजनीतिक कोर्स बदल्न सकिने बताए ।

उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद होइन विज्ञ मन्त्री बन्ने व्यवस्थामा गएरमात्रै जनताको गणतन्त्र सुदृढ गर्न सकिन्छ । यसका लागि आन्दोलन जरुरी छ । आन्दोलन गर्न माओवादी बलियो हुनुपर्नेछ ।’
अरू दलभन्दा राष्ट्र र परिवर्तनप्रति इमानदार माओवादी नै रहेछ भन्ने जनताले बुझ्दै गएको उनले जिकिर गरे ।

अहिले माओवादीलाई जनतातर्फ फर्कने अवसर मिलेको भन्दै अध्यक्ष प्रचण्डले केही जिल्लामा ६४ कै अवस्था फर्कन थालेको दाबी गरे ।विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको पनि उनले सुनाए ।उनले पार्टीको चुनबाङ बैठकबाट गणतन्त्रको अभ्यास गर्दै जाँदा यसलाई यथास्थितिमा राख्ने र जनताको गणतन्त्र बनाउने शक्तिबीच टक्कर पर्ने अड्कल गरेको स्मरण गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);