काठमाण्डौमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

काठमाण्डौमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन

२०८१,८,१८

काठमाण्डौ उपत्यकामा आज यो वर्षकै कम तापक्रम मापन भएको छ । बिहान पौने ६ बजे न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री सेल्सियस मापन भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । हिजो ७ डिग्री सेल्सियस मापन भएको थियो ।यसैबीच, आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही ठाउँमा हल्का हुस्सु लागेको छ । बाँकी भागमा भने मौसम मुख्यतया सफा रहेको छ । आज कतै पानी तथा हिमपातको सम्भवना नरहेको मौसमविद् अर्यालले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);