नेपाल आयल निगममा बोनस बाँड्ने काम तत्काल रोक्न संसदीय समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

नेपाल आयल निगममा बोनस बाँड्ने काम तत्काल रोक्न संसदीय समितिको निर्देशन

३१ जेठ, काठमाडौं । संसदीय समितिले नेपाल आयल निगममा बोनस बाँड्ने काम तत्काल रोक्न निर्देशन दिएको छ ।

नेपाल आयल निगममा बोनस बाँड्ने काम तत्काल रोक्न संसदीय समितिको निर्देशन

३१ जेठ, काठमाडौं । संसदीय समितिले नेपाल आयल निगममा बोनस बाँड्ने काम तत्काल रोक्न निर्देशन दिएको छ । व्यवस्थापिका संसद अन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिको बुधबार बसेको बैठकले नेपाल आयल निगममा बोनस बाँड्ने काम तत्काल स्थगित गर्न अर्थ मन्त्रालयलाई पुनः सचेत गराएको हो ।

घाटाका गएका सार्वजनिक संस्थानहरुमा बोनस बाँडन नदिन सरकारलाई पुनः निर्देशन दिइएको उपसमितिका संयोजक सुवासचन्द्र शाह ठकुरीले जानकारी दिनुभयो । उपसमितिले बोनस ऐन र सार्वजनिक संस्थानहरुमा देखिएको समस्या तत्काल समाधान गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

उपसमितिले सार्वजनिक संस्थाहरुको पुर्नपरिभाषित गर्न सरकारलाई सचेत गराएको छ । उपसमितिले नेपाल आयल निगमलाई भण्डारणको कामलाई व्यवस्थित बनाउन पनि निर्देशन दिएको छ । बैठकमा समितिका सदस्यहरुले सार्वजनिक संस्थानहरुमा बोनस बाँड्ने काम उपभोक्ताको हित विपरित भएको भन्दै आपत्ति जनाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);