चीनले अहिलेसम्म कोही पनि नपुगेको चन्द्रमाको सुदूर क्षेत्रमा आफ्नो अन्तरिक्षयान अवतरण गरेको जनाएको छ।
बेइजिङको स्थानीय समय अनुसार चाङ्ग(अ सिक्स दक्षिणी ध्रुवको एइकेन बेसिनमा आइतबार बिहान ६ बजेर २३ मिनेटमा पुगेको चाइना न्याश्नल स्पेश एडमिनिस्ट्रेशन सीएनएसएले जनाएको छ।
मे ३ मा प्रक्षेपण गरिएको उक्त चन्द्र मिशनले इतिहासमा पहिलो पटक उक्त क्षेत्रबाट बहुमूल्य चट्टान र माटो सङ्कलन गर्ने उद्देश्य राखेको छ।
उक्त अनुसन्धानले चन्द्रमाको ‘क्रेटर’ अर्थात् विशाल खाडलमा रहेका पुराना चट्टानहरू सङ्कलन गर्न सक्ने ठानिएको छ।