चिनियाँ अन्तरिक्षयान अहिलेसम्म कोही नपुगेको चन्द्रमाको सूदूर भागमा अवतरण | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

चिनियाँ अन्तरिक्षयान अहिलेसम्म कोही नपुगेको चन्द्रमाको सूदूर भागमा अवतरण

चीनले अहिलेसम्म कोही पनि नपुगेको चन्द्रमाको सुदूर क्षेत्रमा आफ्नो अन्तरिक्षयान अवतरण गरेको जनाएको छ।

बेइजिङको स्थानीय समय अनुसार चाङ्ग(अ सिक्स दक्षिणी ध्रुवको एइकेन बेसिनमा आइतबार बिहान ६ बजेर २३ मिनेटमा पुगेको चाइना न्याश्नल स्पेश एडमिनिस्ट्रेशन सीएनएसएले जनाएको छ।

मे ३ मा प्रक्षेपण गरिएको उक्त चन्द्र मिशनले इतिहासमा पहिलो पटक उक्त क्षेत्रबाट बहुमूल्य चट्टान र माटो सङ्कलन गर्ने उद्देश्य राखेको छ।

उक्त अनुसन्धानले चन्द्रमाको ‘क्रेटर’ अर्थात् विशाल खाडलमा रहेका पुराना चट्टानहरू सङ्कलन गर्न सक्ने ठानिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);