कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया धनुषा प्रहरीको हिरासतमा | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया धनुषा प्रहरीको हिरासतमा

२०८१ जेठ ९ काठमाडौं । नागरिकता प्रकरणमा छानविनका लागि पक्राउ परेको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा लिएको छ । उनलाई आजै जिल्ला अदालत, धनुषामा उपस्थित गराइँदैछ।

काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाटै अध्यक्ष सिरोहियालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । पक्राउ गरेलगत्तै उनलाई प्रहरीले आज जनकपुरधाम ल्याएको थियो ।

उनलाई आज बिहान जिल्ला प्रहरी कार्यालय ल्याएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए । उनले भने, ‘अहिले हिरासतमा राखिएको छ । केहीबेरमा अदालतमा पेश गर्छौं ।’

अध्यक्ष सिरोहियाले फरक फरक नागरिकता विवरण विभिन्न निकायमा पेश गरेको दावी गर्दै उनीमाथि छानविन गर्न जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको थियो । धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);