पर्यटनमन्त्रीको प्रस्ताव–विदेशी लगानी कर्तालाई पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरौँ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

पर्यटनमन्त्रीको प्रस्ताव–विदेशी लगानी कर्तालाई पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरौँ

काठमाडौं,२८ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले विदेशी लगानी कर्ताहरुलाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीहरुले जोड दिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

मंगलवार नेपाल उद्योग परिसंघको पर्यटन समितिले काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँगको अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वैशाख तेस्रो हप्तामा शुरु हुने लगानी सम्मेलनलाई सफल बनाउन उद्योगी, व्यवसायीहरुको भुमिका महत्वपूर्ण हुने र अन्तर्राष्ट्रिय स्तरका लगानीकर्ताहरुलाई आह्वान गर्न आग्रह गर्नुभयो । उहाँले सबैले मिलेर नेपालमा लगानी गर्ने वातावरण बनेको छ भन्ने महशुस गराउनसके लगानी सम्मेलन सफल हुने बताउनु भयो । उहाँले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालिन र तात्कालीक समस्या रहेको भन्दै साझा मुद्दा बनाएर अघि बढ्ने हो भने समस्याको समाधान हुने बताउनु भयो ।

उहाँले नेपालको सापेक्षतामा अन्तर्राष्ट्रिय विमानस्थल पर्याप्त रहेको तर नियमित उडान गर्न सक्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले उद्योगी व्यापारीहरुले होटल क्षेत्रमा ठूलो लगानी गरेको तर पर्यटकहरुको कमीले आफूलाई सुरक्षित महशुस गर्न नसकेको बताउनु भयो । उहाँले सरकारले पर्यटन क्षेत्रका समस्या समाधानका लागि आवश्यक कदम चालिरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको पर्यटन क्षेत्रमा हमीले अहिले जुन खालका समस्याहरु देखिरहेका छौँ । केही दीर्घकालीन खालका समस्या छन्, केही तत्कालका समस्या छन् । हामीले छलफल गर्दा समस्या समाधान गर्नेगरी अघि बढ्नुपर्छ । हामीसँग अहिले अन्तर्राष्ट्रिय विमानस्थल पनि हाम्रो सापेक्षतामा पर्याप्त छन् । तर त्यसलाई हामीले नियमित उडान भर्न सकिरहेका छैनाँै । हामीले राजनीतिक स्थिरता एक प्रकारले हाँसिल गरि नै सकेका छौँ । विगतको जस्तो समस्या धेरै कम हुँदै गएको छ । त्यही पनि राम्रोसँग स्थापित गर्न सकिरहेका छैनौँ । हाम्रो उद्योगी व्यापारीहरुले होटल क्षेत्रमा ठूलो लगानी गरिरहनुभएको छ । अहिलेको तुलनामा तीनदेखि चार भागसम्म पर्यटक नेपालमा भित्रिए पनि व्यवस्थापन गर्नसक्ने अवस्था बनाइसकेका छौँ । त्यही पनि पर्यटकहरु आइरहेका छैनन् । जसले गर्दा होटल क्षेत्रमा, पर्यटन क्षेत्रमा लगानी गर्ने ठूला उद्योगपति, व्यापारीहरुले आफूलाई थोरै सुरक्षित महशुस गरिरहनुभएको छ, हामीले बुझेका छौँ, यसको हल कसरी गर्नसकिन्छ भनेर हामी गम्भीर छौँ । आधा महिनापछि लगानी सम्मेलन हुँदैछ । अन्तर्राष्ट्रिय स्तरका लगानीकर्ताहरुलाई लगानी सम्मेलनमा भित्र्याउन र लगानी सम्मेलन सफल पार्न पनि महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्छ । लगानी भित्र्याउँदा पनि पर्यटन क्षेत्रमै भित्र्याउनसके अझ समस्या र अभाव छ, त्यसको हल गर्न सहयोग पुग्छ ।’

मन्त्री तामाङले पर्यटन क्षेत्रको युरोपियन देशहरुमा सिधा उडान हुन नसक्दा पनि पर्यटकको आवागमनमा केही कमी भइरहेको बताउनु भयो । उहाँले कुनै आग्रह÷पूर्वाग्रह बिना साझा रणनीति र योजना बनाइ अघि बढ्ने हो भने समस्या समाधान हुने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);