सेनाले गरिरहेका निर्माणका काम चित्त नबुझे एक्शनमा जाने मन्त्री उप्रेतीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

सेनाले गरिरहेका निर्माणका काम चित्त नबुझे एक्शनमा जाने मन्त्री उप्रेतीको चेतावनी

काठमाडौं,१५ चैत्र । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले गरिरहेका विकास निर्माणका काममा चित्त बुझ्दो तरिकाबाट काम नभए एक्शनमा जाने बताउनुभएको छ । बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली सेनाले काम गरिरहेका केही आयोजनाहरुको आफूले निरीक्षण गरेको र अब काम ढिला नगर्न विभिन्न उपायहरु दिएको भन्दै अब पनि काम तरिकाअनुसार हुन नसके आफू एक्शनमा जाने बताउनु भयो ।

उहाँले नेपाली सेनालाई स्थानीय निकायको गिटी बालुवा बेचबिखनका केही समस्या रहेकाले पनि काममा ढिलाइ भइरहेको जानकारी आफूले पाएको बताउनु भयो । उहाँले काम गर्दै जाँदा गाउँ नै बग्ने समस्याहरु आएका कारण पनि काममा केही ढिलाइ हुन गएको बताउनु भयो । उहाँले त्यही खर्चमा स्लोपिङको बाटोको ठाउँमा सुरुङ मार्ग बनाउनुपर्ने स्थिति सिर्जना भएको कारणले पनि विकास निर्माणका काममा केही ढिलाइ भएको बताउनु भयो । विकास निर्माणमा अब अवरोध हुने÷गर्ने छुट आफूहरुलाई नरहेको बताउनु भयो । सेनालाई विकास निर्माणका काममा नदीजन्य पदार्थले अवरोध गरेको हो भने रस्थानीय सरकारको नियमअनुसार चल्नुपर्छ भने आफ्नो किसिमले क्रसर राख्न सक्ने बताउनु भयो । उहाँले व्यापारीको कन्टेनरको पछि फास्ट ट्रयाकको इक्वीपमेण्टहरु लागेर फास्ट ट्रयाक बन्न नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सुशासन र विकासको विषय अहिले जोडिएर आएको छ । यसमा के भन्छु भने, तत्कालीन अवस्थामा केही अनुगमनहरु मैले गरेँ । चित्त बुझ्दो भएन भने, मैले तरिका पनि सिकाएको छु र तरिकाअनुसार भएन भने एक्शनमा पनि म जानेछु । स्थानीय निकायको गिटी बालुवा बेचबिखनको कुराहरु रहेछ, त्यसको टेण्डरले पनि सेनाको काममा असर गरेको रहेछ । अर्को काम गर्दै गयो, माथिबाट बग्ने, जस्तो गाउँ नै बग्ने अवस्था पनि सिर्जना हुँदा रहेछ । स्लोपिङमा, स्लोपिङको बाटोको ठाउँमा सुरुङ मार्ग बनाउनुपर्ने स्थिति सिर्जना भएको छ । त्यही खर्चमा । त्यसले गर्दा पनि कामहरु ढिला भएको छ । विकास निर्माणमा अब अवरोध हुने, अब अवरोध गर्ने, ढिलासुस्ती गर्ने छुट हामीलाई छैन भन्ने कुरामा क्लियर छु । सेनाले गरोस् वा कुनै निकायले । अब विकास गर्ने अवसर हामीलाई आएको छ । फास्ट ट्रयाकको बारेमा पनि मैले भनेको छु, तपाईहरुलाई नदीजन्य पदार्थले अवरोध गर्दछ भने स्थानीय सरकारको नियमअनुसार चल्नुपर्छ भने आफ्नो किसिमले क्रसर राख्न सक्नुहुन्छ । फास्ट ट्रयाक हामी बनाउँछौँ भने फास्ट रुट पनि दिनुपर्छ । त्यो कुराले पनि धेरै अवरोध भएको छ । एउटा व्यापारीको कन्टेनरको पछि फास्ट ट्रयाकको इक्वीपमेण्टहरु लागेर फास्ट ट्रयाक बन्न सक्दैन । त्यसको लागि फास्ट रुट बनाउनुपर्छ, त्यसको तयारी गरिरहेको छु ।’

मन्त्री उप्रेतीले ‘बरु भुसको रोटी खान्छु तर देश बनाउँछु’ भन्ने प्रतिवद्धतासहित लाग्ने हो भने देश बन्न समय नलाग्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);