उदयपुर,३० फागुन । चाँदी जस्तो देखिने धातुसहित एक जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–६ जलजले ढाटबाट बिल नभएको चाँदी जस्तो देखिने धातु २ किलो २९८ ग्राम ५६० मिलिग्रामसहित सप्तरी शम्भुनाथ नगरपालिका–९ बस्ने २२ वर्षीय सन्तोष विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले विकलाई कम्मरमा भिरेको झोलामा लुकाई ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।