१९९ दिन बिताएर ४ मुलुकका चार अन्तरिक्ष यात्री ‘स्पेस एक्स’मा पृथ्वी फर्किए | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

१९९ दिन बिताएर ४ मुलुकका चार अन्तरिक्ष यात्री ‘स्पेस एक्स’मा पृथ्वी फर्किए

काठमाडौं,३० फागुन । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आधा वर्षको मिसन समाप्त गरेर चार मुलुकका चार अन्तरिक्ष यात्री ‘स्पेस एक्स’मा पृथ्वी फर्किएका छन् ।

अमेरिका, रसिया, डेनमार्क र जापानका अन्तरिक्ष यात्रीहरुको ‘क्याप्सुल’ फ्लोरिडाको पेनह्यान्डल नजिकै मेक्सिको खाडीमा सुरक्षित अवतरण गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अमेरिकी अन्तरिक्ष संस्था नासाका सामुद्रिक हेलिकप्टर पाइलट ज्यास्मिन मोघबेलीको नेतृत्वमा डेनमार्कका एन्ड्रियास मोगेन्सन, जापानका सातोशी फुरुकावा र रुसका कन्स्टेन्टिन बोरिसोभको अन्तरिक्ष टोली पृथ्वी फर्किएको हो ।

यो टोली ६ महिना अघि अगस्टमा अन्तरिक्ष स्टेसनमा गएको थियो । चार जनाको यो टोलीले अन्तरिक्ष कक्षमा एक सय ९९ दिन बिताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);