स्वः गायक सिद्धु मूसेवालाकी आमा गर्भवती,कहिले जन्मिदैछ बच्चा ! | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

स्वः गायक सिद्धु मूसेवालाकी आमा गर्भवती,कहिले जन्मिदैछ बच्चा !

काठमाडौं,१५ फागुन । सिद्धु मूस वालाको २९ मे २०२२ मा निधन भयो । चर्चित गायक तथा ¥यापर शुभदीप सिंह सिद्धु उर्फ सिद्धु मूसेवालाको मानसाको जवाहर गाउँमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । सिद्धु मूसेवाला आफ्ना बाबुआमाका एक मात्र सन्तान थिए।

गायकको निधनले उनको परिवारका साथै उनका फ्यानहरूको मन छोयो। अब लामो समयपछि सिद्धु मूस वालाको घरमा फेरि खुशीले दस्तक दिएको छ । पञ्जाबका चर्चित दिवंगत गायक सिद्धु मूस वालाकी आमा चरण कौर छिट्टै आमा बन्न लागेकी छिन् । यो खुसी उनको परिवारले नै बाँडेको छ ।

यस परिवारका सदस्यले सिद्धु मूसेवालाकी आमा गर्भवती भएको खबरको पुष्टि गरेका छन् । स्वर्गीय गायक सिद्धु मूस वालाको निधनको खबरले देशभर शोकको लहर ल्याएको थियो । तर, गायक तथा ¥यापर सिद्धु मूस वालाको घरमा सानो पाहुनालाई स्वागत गरेको खबरले उनका फ्यानहरूको अनुहारमा मुस्कान ल्याएको हुनुपर्छ । सिद्धु मूसेवालाकी आमा चरण कौर गर्भवती भएको खबर गायकका काका चमकौर सिंह सिद्धुले पुष्टि गरेका छन् ।

उनले परिवारका हरेक सदस्यले बलकौर सिंह सिद्धु (सिद्धु मूसवाला बुवा) को घरमा फेरि खुशी फर्कोस् भनी प्रार्थना गरिरहेको बताए । सिद्धु मूसेवालाका काकाले भगवानलाई धन्यवाद दिँदै आफ्नो परिवार फेरि हाँसोले भरिने बताएका छन् ।
रिपोर्टका अनुसार सिद्धु मूसेवालाकी आमाले मार्च महिनामा बच्चालाई जन्म दिनेछिन् । भनिएको छ कि सिद्धु मूसेवालाका आमाबुवाले सुरक्षाको कारणले गर्दा गर्भावस्थाको खबरको बारेमा कुनै पनि कुरा गर्न अस्वीकार गरेका छन्।

उनको मृत्यु पछि पनि सिद्धु मूस वालाको परिवारले उनको सोशल मिडिया खाता सक्रिय राखेको छ, जसमा उनी कहिलेकाहीँ आफ्ना गीतहरू र कहिलेकाहीँ आफ्ना फोटोहरू सेयर गरिरहन्छिन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);