प्यालेस्टाइन सरकारले राष्ट्रपति अब्बासलाई बुझायो राजीनामा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

प्यालेस्टाइन सरकारले राष्ट्रपति अब्बासलाई बुझायो राजीनामा

काठमाडौं,१५ फागुन । प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तायेहले सोमवार राष्ट्रपति महमुद अब्बाससमक्ष आफ्नो सरकारको राजीनामा बुझाएको बताउनुभएको छ । उहाँले फेब्रुअरी २०, २०२४ मा राष्ट्रपति महमुद अब्बासलाई सरकारको राजीनामा बुझाएको बताउनुभएको हो ।

सोमवार लिखित रुपमै राजीनामा बुझाएको उहाँको भनाइ छ । यो निर्णय गाजा पट्टीमा प्यालेस्टिनी जनता बिरुद्धको आक्रमणसँग सम्बन्धित राजनीतिक, सुरक्षा र आर्थिक घटनाक्रमसँग सम्बन्धित रहेको बताउनु भयो ।

शतायेहको सरकार अप्रिल २०१९ मा राष्ट्रपतिको आदेशद्वारा गठन गरिएको थियो । प्यालेस्टाइनी मेलमिलाप र चुनावको तयारीको जिम्मा दिइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);