कानून व्यवसायीहरुको भुमिका सर्वोपरी हुन्छः प्रधानन्यायाधीश श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

कानून व्यवसायीहरुको भुमिका सर्वोपरी हुन्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं,९ फागुन । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई आम नागरिकको भरोसाको केन्द्रको रुपमा स्थापित गर्न कानून व्यवसायीहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ । सर्वोच्च अदालत बार एशोसिएशन नेपालले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानन्यायाधीश श्रेष्ठले संविधान र आम नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा भनेको स्वच्छ, निष्पक्ष, छिटोछरितो, गु्णस्तरीय एवं प्रभावकारी न्याय सम्पादन नै भएको उल्लेख गर्दै भरोसायोग्य न्याय प्रणालीको स्थापनाका लागि सम्बन्धित पक्षले गम्भिर ढंगले आत्मसमिक्षा गर्न सक्नुपर्ने पनि बताउनु भयो ।

उहाँले स्वतन्त्र, निष्पक्ष, सक्षम र जन आस्थामा आधारित न्यायपालिकाविना कानून व्यवसायीको प्रवद्र्धन हुन नसक्ने र सवल, सक्षम र सुदृढ कानून व्यवसायीहरुबिना सक्षम र प्रभावकारी न्यायपालिकाको परिकल्पना गर्न नसकिने सत्यलाई आत्मासात गरेर अघि बढ्न पनि कानून व्यवसायीहरुलाई आग्रह गर्नुभयो । प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई उँचो बनाएर मात्रै न्यायपालिका र कानून व्यवसायीहरु पनि विश्वासिलो बन्नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘न्यायपालिकालाई आम नागरिकलाई भरोसाको केन्द्रको रुपमा स्थापित गर्न बार एशोसिएशन तथा कानून व्यवसायीहरुको भुमिका सदैव महत्वपूर्ण, आवश्यक र सर्वोपरी हुन्छ भन्ने मेरो मान्यता रहेको छ । संविधान र आम नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा भनेको स्वच्छ, निष्पक्ष, छिटोछरितो, गु्णस्तरीय एवं प्रभावकारी न्याय सम्पादन नै हो । सुशासन, जवाफदेहिता र उत्तरदायित्वलगायत न्यायिक मूल्य, मान्यताको जगेर्ना र त्यसलाई अनुभुतिको तहसम्म पु¥याउने कार्य त्यत्तिकै चुनौतिपूर्ण विषय हो भन्ने मलाई लाग्दछ । विशेषगरी आम नागरिकहरु विश्वस्त हुने किसिमको वातावरणको निर्माण एवं ठोस र नतिजामूलक कार्य सम्पादन अहिलेको प्रमुख आवश्यकता हो । न्यायपालिकाप्रतिको आकांक्षाहरुको डिमाण्ड तथा भरोसायोग्य न्याय प्रणालीको स्थापनाका लागि हामीले गम्भिर ढंगले आत्मसमिक्षा गर्न सक्नुपर्दछ । त्यसै भित्रबाट न्यायिक सुधारका अन्तर्य र अन्तरवस्तुको पहिचान गर्न सकिएमात्र सही गन्तव्य भेटिन्छ जस्तो मलाई लाग्दछ । अदालत र कानून व्यवसाय अन्तरसम्बन्धित परिपूरक र अनुन्याश्रित पक्षहरु हुन् । स्वतन्त्र, निष्पक्ष, सक्षम र जन आस्थामा आधारित न्यायपालिकाविना कानून व्यवसायीको प्रवद्र्धन हुन सक्दैन । त्यसैगरी सवल, सक्षम र सुदृढ कानुन व्यवसायीहरु बिना सक्षम र प्रभावकारी न्यायपालिकाको परिकल्पना गर्न सकिदैन । हामी सबैले यो शास्वत सत्यलाई आत्मासात गर्न सक्नुपर्दछ । हाम्रा भूमिका र जिम्मेवारीहरु फरक छन् । तर लक्ष्य एउटै हो । त्यो हो न्यायको सुनिश्चितता र न्यायपूर्ण समाजको प्रत्याभुति । यस प्रकारको अन्तरसम्बन्धिको जति गहिरो मापन गर्नसक्दछौं, आपसी सम्बन्ध र सहकार्यको क्षितिज पनि त्यत्तिकै फराकिलो बन्दै जान्छ भन्ने मलाई लाग्दछ । न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई उचो नबनाएसम्म हामी विश्वासिलो बन्न सक्दैनौं । न्याय पालिकालाईं विश्वास प्राप्त संस्थाको रुपमा स्थापित गर्ने चुनौति संसारमा सबैतिर छ । ’ प्र्र्रधानन्यायाधीश श्रेष्ठले जनआस्था अनुसार न्यायपालिका चल्नुपर्नेमा आफूहरुले जोड दिएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);