क्रिस्टल प्यालेस ३–१ गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

क्रिस्टल प्यालेस ३–१ गोल अन्तरले पराजित

काठमाडौं,१ फागुन । मिडफिल्डर कनर ग्यालाघरको २ गोलसँगै इंग्लिस प्रिमियर लिगमा चेल्सीले जित दर्ता गरेको छ । क्रिस्टल प्यालेसको मैदान सेलहर्स्ट पार्कमा पहिलो हाफमा १–० ले पछि परेको स्थितिबाट चेल्सीले ३–१ गोल
अन्तरको जित दर्ता गरेको हो ।

जेफर्सन लर्माले ३० औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । तर दोस्रो हाफमा चेल्सीले ३ गोल थप्दै जित पक्का गर्यो ।

पूर्व क्लब प्यालेसविरुद्ध ग्यालाघरले ४७ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । इन्ज्युरी समयको पहिलो मिनेटमा ग्यालाघरले चेल्सीलाई अग्रता दिलाए ।

त्यसको ३ मिनेटपछि चेल्सीले अर्को गोल थप्दै जित पक्का गर्यो । जितसँगै २४ खेलमा ३४ अंकका साथ चेल्सी दशौं स्थानमा छ । प्यालेस भने २४ खेलमा २४ अंक जोड्दै १५ औंमा छ । टोली रेलिगेसन क्षेत्रबाट ५ अंक माथि छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);