काठमाडौँ, ११ माघ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले अनलाइनबाटै सबै सेवा प्रदान गर्ने गरी काम सुरु गरेको छ ।
आगामी माघ १५ गते देखि अनलाइनको माध्यमबाटै सेवा लिन सकिने गरी बल्खुले बुधवार एक सूचना जारी गरी सेवा लिने प्रक्रियाको बारे पनि जानकारी दिएको छ ।