खैरो हेरोइनसहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८१, शुक्रबार

खैरो हेरोइनसहित २ जना पक्राउ

कैलाली,२९ पुस । खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । भजनी नगरपालिका–९ पहलमान झुलंगे पुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ६० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका–१ सुखड बस्ने २६ वर्षीय प्रसान्त चौधरी र भजनी नगरपलिका–४ बस्ने २७ वर्षीय अभिसेख चौधरी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सूर्यपुर भजनीबाट खटिएको प्रहरीले से.४ प ३४४९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);