संसद सचिवालयले प्रदेशसाभा सन्चालनका लागि जनशक्ति व्यवस्थापन गर्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

संसद सचिवालयले प्रदेशसाभा सन्चालनका लागि जनशक्ति व्यवस्थापन गर्ने

काठमाडौं, ९ माघ । ब्यवस्थापिका संसद सचिवालयले सात वटै प्रदेशसभा सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने भएको छ ।

संसद सचिवालयले प्रदेशसभा सञ्चालन गर्ने कार्यविधिबारे प्रशिक्षण दिन सबै प्रदेशमा सहसचिवको नेतृत्वमा ४ जनाको दरले कार्यटोली पठाउने तयारी गरेको हो । एक हप्ता भित्र सबै प्रदेशमा पुग्ने गरी आवश्यक जनशक्ति पठाउन लागिएको संसद सचिवालयका प्रवक्ता डाक्टर भरतराज गौतमले जानकारी दिए ।

सहसचिव नेतृत्वको ४ सदस्यीय टोलीमा प्राविधिकहरु पनि रहने र उनीहरुले प्रदेशसभाको प्राविधिक पक्षको प्रशिक्षण दिने प्रवक्ता गौतमले बताए । कार्यटोलीले प्रदेशसभाका कर्मचारीहरुलाई सभा सन्चालनसम्बन्धि विधि र प्रक्रियाका बारेमा प्रशिक्षित गराउने संसद सचिवालयको दिग्दर्शनमा उल्लेख छ ।

सरकारले प्रत्येक प्रदेशसभामा तत्कालका लागि २७ जना कर्मचारीको व्यवस्था गरेको छ । यता, संघीय संसद बैठक कक्षको तयारीको काम पनि संसद सचिवालयले अन्तिम चरणमा पुर्याएको छ । प्रतिनिधिसभा बैठक कक्षको तयारीको काम पूरा गरिएको र राष्ट्रियसभा बैठक कक्षको तयारीको कामपनि अन्तिम चरणको पुगेको संसद सचिवालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);