अमेरिकाले जारी ग¥यो नयाँ ट्राभल एडभाइजरी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

अमेरिकाले जारी ग¥यो नयाँ ट्राभल एडभाइजरी

काठमाडौं,९ पुस । अमेरिकाले नयाँ ट्राभल एडभाइजरी जारी गर्दै नेपाल भ्रमण गर्ने अमेरिकीलाई सावधानी अपनाउन सूचित गरेको छ । नेपालमा अझै पृथक् राजनीतिक हिंसाको सम्भावना रहेको ठहरगर्दै अमेरिकी विदेश मन्त्रालयले नेपाल भ्रमण गर्ने अमेरिकीलाई सावधानी अपनाउन सूचित गरेको हो ।

भ्रमण तय गरिसकेकाको हकमा पनि एक्लै पदयात्रा वा आरोहण नगर्न सुझाव दिइएको छ । जोखिमका सूचकहरूको आवधिक समीक्षापछि पछिल्लो ट्राभल एडभाइजरी जारी गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । नेपाललक्षित पछिल्लो ट्राभल एडभाइजरीलाई अमेरिकाले लेभल–२ उल्लेख छ ।ट्राभल एडभाइजरीमा पृथक् राजनीतिक हिंसाको सम्भाव्यताका कारण नेपाल यात्रा गर्दा सावधानी बढाइएको भनिएको छ ।

शान्तिपूर्ण हुन खोजेका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीं हिंसामा परिणत हुन सक्छन् र नेपाली सुरक्षा अधिकारीहरूले बल प्रयोग गर्न सक्ने ट्राभल एडभाइजरीमा भनिएको छ । नेपाल भ्रमण गर्ने निर्णय गरेको भए प्रदर्शन र भीडबाट बच्न पनि सुझाव दिएको छ । साथै, नेपालका निकुञ्ज वा संरक्षित क्षेत्रहरूमा पदयात्रा गर्दा एकल वा विदेशी स्वतन्त्र यात्रीलाई स्थानीय गाइड वा भरिया प्रयोग गर्नुपर्ने नेपालका सरकारी आवश्यकता पूरा गर्न पनि सुझाइएको छ । कुनै पनि सरकारले आफ्ना नागरिकले अर्को मुलुकमा भ्रमण गर्दा त्यहाँको स्थानीय वातावरणका बारेमा जानकारी दिन ट्राभल एडभाइजरी जारी गर्ने विश्वव्यापि चलन हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);