फागुनको पहिलो साता माओवादीको विधान सम्मेलन | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

फागुनको पहिलो साता माओवादीको विधान सम्मेलन

maoist offc

काठमाडौं,६ पुस । नेकपा(माओवादी केन्द्र) ले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले आगामी फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।

बैठकले विधानको मस्यौदा बनाउनका लागि ७ सदस्यीय समिति गठन गरेको छ ।समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, उपमहासचिव वर्षमान पुन, उपमहासचिव जनार्दन शर्मा, सचिव गणेश शाह र सचिव राम कार्की रहनुभएको छ ।

बैठकमा माओवादीको चलिरहेको जनतासँग माओवादी–विशेष रुपान्तरण अभियानको समिक्षा भएको उहाँले बताउनु भयो । अभियानले पार्टीलाई गतिशिल बनाएको र नेता, कार्यकता तथा जनताका बीचमा नयाँ ढंगले सम्बन्ध स्थापित भएको निष्कर्ष निकालिएको सापकोटाको भनाइ छ ।

जनतासँग माओवादी–विशेष रुपान्तरण अभियान पुस १६ गते सबै पालिकाहरुमा वृहत जनपरिचालसहित समापन हुने उहाँले जानकारी दिनुभयो । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यभार सम्हालेको एक वर्षपछि नयाँ ढंगले काम गर्ने योजनामा रहेको बताउनुभएको थियो । उहाँले सरकारले राम्रो काम गर्न प्रयास गर्दा–गर्दै पनि अहिले कामहरु परिणाममुखी हुन नसकिरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले सरकारले अहिले धेरै परिणाम दिन नसकेको, तर आगामी दिनमा सरकारका कामलाई प्रभावकारी बनाएर लैजाने दाबी गर्नुभयो । बैठकमा सहभागी नेताहरुले बाहिर चर्चा भएजस्तो मन्त्रीहरु हेरफेर गर्ने विषयमा कुनै तयारी नरहेको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);