काठमाडौं, ८ माघ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानिपोखरीको परिचालन कक्षमा कार्यरत प्रहरी सहायक निरीक्षक रेशमबहादुर खड्का ३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
राजधानीको पेप्सिकोलास्थित स्किम बचत तथा ऋण सहकारी संस्था घाटामा गएपछि सञ्चालकको तर्फबाट गरिएको ग्यारेन्टी कागज कब्जामा लिएर बार्गेनिङ गरिरहेका असई खड्काले ३ लाख रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
तीन लाख घुससहित असइ खड्का बालाजु माछापोखरीमा पक्राउ परेको र उनीमाथि अनुसन्धान सुरु भएको आयोगका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए ।