काठमाडौं, मंसिर २६ ||
नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले वर्तमान सत्ताधारीहरुमा आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकता रहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कसैले कसैको आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकताबाट गणतन्त्र नजोगिने बताउनु भयो । जनताको विचारलाई आम सञ्चारको रुपमा प्रचार गरेमात्रै पनि गणतन्त्रको रक्षा हुने उहाँको जिकिर थियो । उहाँले गणतन्त्र सबैको साझा भएकाले जिम्मा कुनै एउटा संस्थाले लिनुपर्ने आवश्यकता नरहेको बताउनु भयो । बोल्ने शब्दहरु नभेटिएपछि गणतन्त्र जोगाउन भन्ने परिपाटी राम्रो नभएको बताउनु भयो । नेता रिजालले आफू २०६२÷०६३ सम्म पनि राजतन्त्र अन्त्यको पक्षमा नभइ निरंकुशता अन्त्यको पक्षमा रहेको बताउनु भयो ।
सत्ताधारीहरुमा आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकता छः नेता रिजाल
ताजा समाचार
५० लाख डलरमा अमेरिकी नागरिकता
१२ घन्टा अघि
पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जना पक्राउ
१३ घन्टा अघि