कोहली बने प्लेयर अफ द टुर्नामेन्ट,गोल्डेन बल कसले पायो ? | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८१, सोमबार

कोहली बने प्लेयर अफ द टुर्नामेन्ट,गोल्डेन बल कसले पायो ?

एजेन्सी,४ मंसिर । अस्ट्रेलियाले आईसीसी विश्वकप २०२३ को उपाधि जितेको छ । फाइनल खेलमा कंगारु टोलीले दमदार प्रदर्शन गर्दै टीम इन्डियालाई ६ विकेटले पराजित गरेको थियो । ट्राभिस हेडले उत्कृष्ट ब्याटिङ गर्दै शतक प्रहार गरे । अस्ट्रेलिया विश्वकप जित्न सफल भएपनि भारतीय खेलाडीले प्लेयर अफ दि टुर्नामेन्टको उपाधि जिते ।

विराट कोहलीले प्लेयर अफ द टुर्नामेन्टको अवार्ड जिते । सन् २०२३ को विश्वकपमा ब्याटिङबाट कोहलीको प्रदर्शन उत्कृष्ट रह्यो । राजा कोहलीले उत्कृष्ट ब्याटिङ गर्दै ११ खेलमा ७ सय ६५ रन बनाएका थिए । विराटले सेमिफाइनल खेलमा न्युजिल्यान्डविरुद्ध शतक खेलेका थिए भने फाइनल खेलमा पनि विराटले अर्धशतक बनाएका थिए ।

सुनको बल कसले पायो ?
गोल्डेन बल पनि भारतीय बलर मोहम्मद शामीले कब्जा गरेका थिए । शमीले प्रतियोगितामा उत्कृष्ट बलिङ गर्दै ७ खेलमा २४ विकेट लिएका थिए । न्युजिल्याण्ड विरुद्धको सेमिफाइनल खेलमा शमीको प्रदर्शन बलियो रह्यो र उनले सात विकेट लिए ।

को बने फाइनलको प्लेयर अफ द म्याच ?
भारत र अष्ट्रेलियाबीच भएको विश्वकप २०२३ को फाइनल खेलमा म्यान अफ द म्याचको अवार्ड ट्राभिस हेडले पाए । उपाधि खेलमा हेडले उत्कृष्ट ब्याटिङ गर्दै १२० बलमा १३७ रनको यादगार इनिङ खेले। हेडले मार्नस लाबुस्चेनसँग १९१ रनको साझेदारी गरे जुन यस खेलको सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);