काठमाडौं, ३० कात्तिक । जम्मू कश्मीरमा एउटा दुखद दुर्घटना भएको छ जहाँ किश्तवाडबाट जम्मू जाँदै गरेको बस डोडा जिल्लाको असर क्षेत्रको त्रुङ्गल नजिकै सडकबाट २५० मिटर तल खसेको छ ।
उक्त बसमा जम्मा ४० जना यात्रु सवार थिए र यो समाचार लेख्दा सम्म ३६ जनाको मृत्यु भएको दुखद जानकारी प्राप्त भएको छ । सूचना पाएर प्रहरी पुगेर राहत कार्य गरिरहेको छ ।
किश्तवाडबाट जम्मु जाँदै गरेको बस डोडा जिल्लाको अस्सार क्षेत्रको त्रुङ्गल नजिकै सडकबाट ओर्लिएर अर्को सडकमा २५० मिटर तल खसेको प्रहरी नियन्त्रण कक्ष डोडाका एक प्रहरी अधिकारीले बताए । यस दुर्घटनामा धेरैको ज्यान गएको बताइएको छ ।