प्रदेशबाट एमालेका राष्ट्रिय सभा उम्मेदवार सिफारिस नामावली | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

प्रदेशबाट एमालेका राष्ट्रिय सभा उम्मेदवार सिफारिस नामावली

UML

काठमाडौं, ६ माघ । एमालेका ६ वटा प्रदेश संगठन कमिटीले राष्ट्रिय सभाका सांसदका उम्मेदवार सिफारिस गरेका छन् । ६ वटा प्रदेशबाट प्रदेश कमिटीले एक सयभन्दा बढी उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको हो । प्रदेश नम्बर ६ मा भने प्रदेश संगठन कमिटीको सचिवालय बैठकमा छलफल जारी रहेको पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले बताए ।

प्रत्येक प्रदेशमा आठ कोटाका लागि हुने निर्वाचनमा एमालेका प्रदेश कमिटीहरूले कम्तीमा एकदेखि तीन दर्जन उम्मेदवारको नाम सिफारिस गरेका छन् । माओवादी केन्द्रसँग टुंगिएको सिट बाँडफाँडका आधारमा स्थायी समितिले सिफारिस भएका नामबाट उम्मेदवारको अन्तिम टुंगो लगाउनेछ । एमाले स्थायी समितिले राष्ट्रिय सभा उम्मेदवारका लागि ६ वटा मापदण्ड बनाएर ५ माघभित्र बढीमा २४ जनाको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको थियो ।

‘स्थायी समितिको निर्देशनअनुसार हामीले समूह छुट्याएरै प्रदेशको बैठकबाट नाम टुंगो लगाएर पठाएका छौँ,’ ४ नम्बर प्रदेशका सहसंयोजक जगत विश्वकर्माले भने, ‘अब सबै उम्मेदवारको अन्तिम टुंगो स्थायी समितिले नै लगाउनेछ ।’

केन्द्रीय अनुशासन आयोगका अध्यक्ष तथा स्थायी समिति सदस्य अमृत बोहरा, केन्द्रीय सल्लाहकार कमिटीका अध्यक्ष केशव बडाल, पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री प्रदीप नेपाल, पोलिटब्युरो सदस्यहरू डा. गंगालाल तुलाधर, श्रीमाया थकाली, महेन्द्रबहादुर पाण्डे, तुलबहादुर गुरुङ, पूर्वकेन्द्रीय सदस्य उर्वादत्त पन्त, युवा नेता ठाकुर गैरे, नेताहरू वाचस्पति देवकोटा, टुकराज सिग्देल, रेवतीरमण भण्डारीलगायतका नेता प्रदेश कमिटीको सिफारिसमै परेनन् । पाल्पाबाट दोस्रोपटक प्रत्यक्ष निर्वाचनतर्फ दाबेदार मानिए पनि टिकट नपाएका युवा नेता गैरे राष्ट्रिय सभामा सिफारिसमा परेनन् । त्यस्तै, प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले पूर्वसांसद भण्डारीको नाम सिफारिस नगर्ने अडान राखेपछि उनी सिफारिस सूचीमा परेनन् ।

यी हुन् राष्ट्रिय सभामा एमालेबाट सिफारिस उम्मेदवारहरू
प्रदेश नम्बर १
जगन्नाथ खतिवडा, अग्नि खरेल, पर्शुमेघी गुरुङ, गुरु बराल, शिव गुरुङ, युवराज कार्की, हरिशरण सिवाकोटी, किशोर अधिकारी, ओम कोइराला, लोककृष्ण भट्टराई, रविन कोइराला, दाताराम खनाल, खगेन्द्र चुँडाल, देवेन्द्र दाहाल, दीपक कार्की, मफुद अन्सारी, तैयव हुसेन, पिके राई, गोपाल गुरागाईं, किशोरचन्द्र दुलाल, डम्बरसिंह सम्बाहम्फे, डा.देउमान सम्बाहम्फे, विशेश्वरा दाहाल, इन्दु गौतम, जयन्ती राई, नयनकला ओझा, सुमित्रा भण्डारी, मालती सुब्बा, तारा ढकाल, खेम नेपाली, बुद्धिमान परियार, डिबी साह शंकर, ओमदयाल विक, टुन्जा बराइली, विष्णुमाया विक, द्रोण रेग्मी, डिपी राई, सोनामछिरिङ शेर्पा, पासाङ शेर्पा, कृपाशुर शेर्पा, दुर्गा लिंखा

प्रदेश नम्बर २
सुमनराज प्याकुरेल, रामचन्द्र साह, रामरती राम, धर्मनाथप्रसाद साह, सुधीर साह, रामदयाल मण्डल, हरिचरण साह, सौखीलाल यादव, भोला साह, यदुवंश झा, रत्नेश्वर गोइत, गंगाराम यादव, रेवती पन्त, हरि उप्रेती, सुरेन्द्र लामा, कमलादेवी महतो

प्रदेश नम्बर ३
वेदुराम भुसाल, रघुजी पन्त, आनन्दप्रसाद पोखरेल, देवशंकर पौडेल, शिवप्रसाद भण्डारी, बालकृष्ण सिवाकोटी, देवी ज्ञवाली, शान्ति अधिकारी, सावित्रा भुसाल, सुशीला नेपाल, पार्वती रावल, जगन्नाथ आचार्य, मेघनाथ पौडेल, राजेन्द्र राजथला, प्रेम पराजुली, सीताराम मास्के, मीना काफ्ले, श्याम घिमिरे

प्रदेश नम्बर ४
गणेश तिमल्सिना, रामबहादुर थापा, सूर्यबहादुर खड्का बिखर्ची, केपी अधिकारी, दीपा गुरुङ, दानकुमारी पाण्डे, शान्तिदेवी खनाल, चित्रा नेपाली, शान्ति अधिकारी, विमला बोगटी

प्रदेश नम्बर ५
खिमलाल भट्टराई, खेममान खड्का, झपेन्द्र जिसी, नजिर मियाँ, शोभाराम बस्नेत, केशरमणि पोखरेल नेत्र पन्थी, हरिप्रसाद घर्ती, गोविन्द कोइराला, रामलखन हरिजन, नन्द विक, कृष्ण सुनुवार, केशकुमारी तुलाचन, भोजबहादुर गन्धर्व, देवीप्रसाद पोखरेल, कोमल वली, पुष्पाञ्जली उपाध्याय, कमला रिजाल, भारती खनाल, कृष्णा गुरुङ, एन्जिला थापा, राधिका शर्मा भट्ट, चन्द्रकुमारी पुन, नारायणी शर्मा

प्रदेश नम्बर ६ (नोट : शुक्रबार बसेको बैठकबाट नटुंगिएपछि शनिबार पुनः बैठक बसेर सिफारिस गर्ने तयारी)

प्रदेश नम्बर ७
महेश्वर पाठक, विक्रमबहादुर शाही, शेरबहादुर कुँवर, पुरनसिंह दयाल, अफिलाल ओखेडा, चक्रप्रसाद स्नेही, सावित्रा घिमिरे, कमला ओली, गौरी ओली, हीरादेवी अवस्थी, राधिका बोहरा, इन्दु विष्ट कडरिया

यो खबर आजको नयाँ पत्रीकामा प्रकाशित छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार