मानबिय संवेदनालाई राजनीतिकरण नगर्न गायक केसीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

मानबिय संवेदनालाई राजनीतिकरण नगर्न गायक केसीको आग्रह

काठमाडौं, २१ कात्तिक । गायक एवं समाजसेवी युनिक केसीले जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत केसीले मानबिय संवेदनालाई राजनीतिकरण नगर्न पनि आग्रह गरेका छन् ।

विभिन्न दलमा आबद्ध नेता तथा कार्यकर्ताको टोली पुगेपनि सबै भुकम्प पीडितहरु माझ अझै राहत नपुगेको भन्दै उनले सबैलाई समान राहतका सामाग्री वितरण गर्नुपर्नेमा जोड दिएका छन् ।

 

भुकम्प पीडितहरुको लागि एकद्वार प्रणाली अनुरुप सरकारी कोषबाट सहयोग संकलन गरी परिचालन गर्न सुझाव दिदैं उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

 

जाजरकोटको बारेकोट गाउँपालिकाको रामिडाँडा केन्द्रबिन्दु भई शुक्रबार राति ११ः ४७ बजे गएको ६.४ म्याग्निच्युटको भूकम्पबाट ठुलो सङ्ख्यामा मानवीय र भौतिक क्षति भएको छ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा १६५ जनाको मृत्यु भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);