वीरगञ्ज, १४ कात्तिक । बाराको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश सराफको सोमबार गोली हानी हत्या भएको छ ।
सराफको हत्यामा सम्लग्न भएको आशंकामा एक महिलासहित ६ जना पक्राउ परेका छन् । महिलाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् ।
प्रहरीका अनुसार प्रिन्सीपल सर्राफ एक महिलासँग विवाहेत्तर प्रेम सम्बन्धमा थिए । ती महिलाका अर्का व्वाइफ्रेन्डले सर्राफको हत्या गरेको बुझिएको छ ।
विवाहित सर्राफसँग प्रेममा रहेकी महिलासँग अर्का एक पुरुष पनि प्रेम सम्बन्धमा रहेको र ती पुरूषले सर्राफलाई आफ्नी प्रेमिकासँग सम्बन्ध तोड्न बारम्बार दबाब दिएका थिए ।
तर, प्रेममा डुबेका सर्राफले प्रेमिका छाड्न मानेका थिएनन् ।