पुष्कर भट्ट ||
कञ्चनपुर, २९ असोज ||
कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको तटिय क्षेत्रमा ‘विच’ भलिबल सुरु भएको छ । खुल्ला तथा भेट्रान विच पुरुष भलिबल प्रतियोगिताको सोमबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्धघाटन गरेका हुन ।
प्रतियोगिताको उद्धघाटन गर्दै प्रदेश प्रमुख जोशीले खेलकुद प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताए । कञ्चनपुर जिल्ला भलिबल संघ र नेपाली सेनाको श्री नम्बर २५ बाहिनी अड्डाको संयुक्त आयोजनामा २९ असोजदेखि कात्तिक १ गतेसम्म प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताका ३२ टीमको सहभागिता रहेको प्रतियोगिता प्रचारप्रसार समितिका संयोजक शेरवहादुर सिंहले जानकारी दिए । उनका अनुसार खुला तर्फ २३ वटा टीमको सहभागिता रहेको छ भने भेट्रान तर्फ नौ वटा टीमको सहभागिता रहेको छ ।
खुला तर्फ प्रथम,द्वितिय र तृतियलाई क्रमस १ लाख, ५० हजार २५ हजार नगद पुरस्कार, भेट्रान तर्फ पनि प्रथम, द्वितिय र तृतियलाई क्रमस २५, १५ र १० हजार रुपैया पुरस्कार निर्धारण गरिएको छ ।