मानसिक स्वास्थ्यको सेवालाई बिस्तार गर्दैछौँः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

मानसिक स्वास्थ्यको सेवालाई बिस्तार गर्दैछौँः प्रधानमन्त्री

काठमाडौं, २३ असोज ||
प्रधानमन्त्री पुुष्पकमल दाहालले मानसिक स्वास्थ्य प्रवद्र्धनका कार्यलाई प्राथमिकता दिन आवश्यक रहेको बताउनुभएको छ । विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलमा मानसिक स्वास्थ्य प्रवद्र्धन गर्ने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभएको हो । उहाँले वैदेशिक रोजगारीमा रहेका नागरिकहरूलाई उनीहरूको कार्यस्थलमा आधारभुत अधिकार सुनिश्चित गरी सुस्वास्थ्य कायम गर्न अन्य देशहरूसँग समन्वय गर्नुपर्ने बताउनु भयो । सबै नागरिकको मानसिक सुस्वास्थ्यका लागि मानसिक स्वास्थ्यको सेवालाई बिस्तार गर्न प्राथमिक स्वास्थ्य सेवासँगै एकीकृत गर्दै लैजान पहलकदमी अगाडि बढाइएको बताउनु भयो । मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता, अन्धविश्वास, कुरितिलाई न्युनिकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउनुपर्ने बताउनु भयो । उहाँले समावेशी र समानुभुतिपूर्ण समाज निर्माण गर्न, मानसिक रोगीका बिरूद्ध भइरहेका लाञ्छना र भेदभावलाई सम्बोधन गर्नुपर्ने, सबैलाई मर्यादित र सम्मानकासाथ व्यवहार गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री दाहालले चिकित्सा शिक्षा ऐन संसोधन लगायतका समस्या स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालय मिलेर छिटै समाधान गरिने बताउनु भयो ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);