काठमाडौं, १९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल आज मंगलबार भूकम्पले क्षति पुराएको बझाङको अवलोकन गर्न त्यसतर्फ जांदैछन् । प्रचण्डले बिहीबार बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका थिए ।
बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन् ।
उनले थप राहत र पुनःस्थापनाका लागि समन्वयात्मक रुपले अझ जोड दिएर काम गर्न,तत्काल पुग्नुपर्ने श्रोत र हुनुपर्ने व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक भुमिका निभाउन निर्देशन समेत दिएका थिए ।
दाहाल आज भूकम्पको केन्द्रबिन्दु क्षेत्र बझाङ गएर प्रत्यक्ष अवलोकन गर्ने र त्यसबाट आएको रिपोर्टपछि थप कार्यक्रम अघि बढाउने बताइएको छ ।