जघन्य अपराध गरेको मान्छेलाई आममाफी दिन हस्ताक्षर गर्दा राष्ट्रपतिको हात काम्यो की कामेन ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

जघन्य अपराध गरेको मान्छेलाई आममाफी दिन हस्ताक्षर गर्दा राष्ट्रपतिको हात काम्यो की कामेन ?

काठमाडौं, १८ असोज ||

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौडेलले जघन्य अपराध गरेको मान्छेलाई आममाफी दिनेकुरामा हस्ताक्षर गर्दा राष्ट्रपतिको हात कामेन भन्दै प्रश्न गर्नुभएको छ । बिहीवार राष्ट्रिय सभा बैठकको विशेष समयमा राष्ट्रिय सभा सदस्य पौडेलले यस्तो प्रश्न गर्नुभएको हो ।

उहाँले राष्ट्रपति मन्त्रीपरिषद्को औठाछाप नभएर संविधानको संरक्षक भएको भन्दै संविधानको रक्षकले हत्यारालाई आममाफी दिनु गलत भएको बताउनु भयो । उहाँले मन्त्रीपरिषद्को औँठाछापका रुपमा राष्ट्रपति कार्यालय लिने भए राष्ट्रपति कार्यालय आवश्यक नभएको बताउनु भयो । उहाँले २० वर्षको कैद सजाय ८ वर्ष नपुगी संविधान दिवसको दिन चेतन मान्नधरको हत्यारालाई नेपाल सरकारले आम माफी दिनु गलत भएकाृ दाबी गर्नुभयो । उहाँले २० वर्षको कैद सजाय ८ वर्ष नपुगी संविधान दिवसको दिन चेतन मान्नधरको हत्यारालाई के आधारमा सरकारले आममाफी दियो भन्दै गृहमन्त्रीलाई प्रश्न गर्नुभयो । सदस्य पौडेलले नियन्त्रणमा लिएर हत्या गर्नु जघन्य अपराध भएको भन्दै अपराध गर्ने हत्याराको नाइकेलाई गृहमन्त्री र मन्त्रीपरिषद्ले कुन आधारमा आममाफी दिन सिफारिस ग¥यो संदनमा आएर गृहमन्त्रीले जवाफ दिन माग गर्नुभयो ।

उहाँले हत्यारा छुट्नको लागि कुनै दलको नेता,गृहमन्त्रीको आफन्त वा राष्ट्रपतिको ज्वाईंचेल हुनुपर्ने हो ? भन्दै सरकारसँग जवाफ माग गर्नुभयो । उहाँले आममाफी लिने निर्णय गर्दा पीडितको अनुमति बेगर मान्छेलाई छाड्न नमिल्ने बताउनु भयो । उहाँले कानून र संविधानले दिने भन्ने भए संसदमा कानून ल्याए संशोधन गर्न तयार रहेको बताउनु भयो । कानून र संविधानलाई टेकेर मनपरी गर्नको लागि गृह वा प्रधानमन्त्री कसैलाई पनि छुट नभएको बताउनु भयो।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);