काठमाडौं, १५ असोज । अभिनेता प्रदीप खड्काले अर्का अभिनेता अनमोल केसी लक्षित गर्दै कडा स्ट्याटस लेखेका छन् । अनमोल यतिबेला प्रहरीको नियन्त्रणमा छन् । अनमोल र फिल्म निर्माता बीचको विवादले फिल्म क्षेत्र तातिरहेको छ भने चलचित्र क्षेत्रभित्रको यथार्थ देखिन थालेको छ । खड्काले घुमाउरो पाराले नियम सबैले मान्नुपर्ने बताएका छन् ।
“५/७ ओटी दुलही सोझा परे, मजाले पेलियो भन्दैमा, सवै एकै नहोलान् नी ! यो पल्टको अलि गार्हो खाल्की छे भन्ने बुझ्न पर्ने ।”उनले लेखेका छन् “चाहे मैदानमा विश्व चर्चित मेस्सी वा कोहली किन नहोस्, खेलको विचमा अन्तिम निर्णयको अधिकार कम परिचित रेफ्रिको नै चल्छ । चाहे चित्त बुझोस् वा नवुझोस् । मलाई गोल हान्न दिएन भनेर ठुस्स पर्दा घरेलु खेलमा परिवारले ल ल गोल हान बाबु भनेर छोड्देलान, तर कसैको लागि यो खेल खेलौना नभएर काम, भगवान र जिन्दगी हुन सक्छ । खेलको विचविचमा रुवावासी गर्नु भन्दा मैदान पस्न अगाडी सोचेर निर्णय गरौ ।”
कानुन राजको विकल्प नभएको उनको भनाइ छ । उनले लेखेका छन्,“चाहे १ दिन होस् वा १ दशक, चाहे कानुनी होस् वा सामाजिक, विवाह जे सुकै भा’को भए नि दुलहीले माग्ने आधा अंश हो कानुनले दिलाउने पनि तेहि नै हो ।”