पूर्वमन्त्री खेमराज भट्ट मायालुको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर २३ २०८१, आइतबार

पूर्वमन्त्री खेमराज भट्ट मायालुको मृत्यु

काठमाडौं, ५ असोज । पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन भएको छ । क्यान्सर रोगसँग लामो समयदेखि जुधिरहेका भट्टको उपचारको क्रममा काठमाडौंको बीर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

डडेल्धुरामा जन्मिएका भट्ट गणतन्त्रका लागि आवाज उठाउने नेताहरुमध्ये पर्छन् । कुनै समय उनी जनवादी मोर्चामा आवद्ध थिए । भट्ट २०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित भए र सामान्य प्रशासन मन्त्रीसमेत बने ।

कांग्रेस त्यागेर माओवादी केन्द्र प्रवेश गरेका भट्ट हाल माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);