क्यानडाले अस्वीकार गर्यो भारतको आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

क्यानडाले अस्वीकार गर्यो भारतको आग्रह

एजेन्सी, ४ असोज । खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्यालाई लिएर भारत र क्यानडाबीच तनाव बढेको छ । क्यानडाले मंगलबार आफ्ना नागरिकहरूलाई भारतका केही भागहरूमा नजान सल्लाह जारी गरेको छ । बुधबार भारतले पनि यस्तै अपिल गरेको थियो ।

बुधवार राति, क्यानडाले भारतको आग्रहलाई अस्वीकार ग¥यो। समाचार एजेन्सी एएफपीका अनुसार क्यानडाका सार्वजनिक सुरक्षा मन्त्री डोमिनिक लेबनेकले ओटावामा मिडियासँग कुरा गर्दै आफ्नो देश पूर्ण रूपमा सुरक्षित रहेको बताए ।
भारतको विदेश मन्त्रालयले क्यानडामा बस्ने आफ्ना नागरिकका लागि एक अपिल जारी गरेको थियो । जसमा भनिएको थियो– क्यानडामा चलिरहेको भारत विरोधी गतिविधिलाई ध्यानमा राख्दै त्यहाँ बसोबास गर्ने वा त्यहाँ यात्रा गर्ने नागरिकलाई धेरै सावधानी अपनाउन सल्लाह दिइएको छ ।

पछिल्लो समय क्यानडामा रहेका भारतीय कूटनीतिज्ञ र भारतीय समुदायको एक निश्चित वर्गलाई धम्की दिइने गरेको देखिएको छ । भारत विरोधी एजेन्डाको विरोध गर्नेहरु यिनै हुन् ।

एडभाइजरीका अनुसार क्यानडामा बिग्रँदै गएको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै त्यहाँ उपस्थित भारतीय विद्यार्थीहरूलाई बढी सतर्क रहन सल्लाह दिइएको छ । भारतीय समुदाय र विद्यार्थीहरूले उच्चायोग र वाणिज्य दूतावासको वेबसाइटमा गुनासो गर्न सक्छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);