युद्धग्रस्त यमनमा खडेरीको चुनौति | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

युद्धग्रस्त यमनमा खडेरीको चुनौति

एजेन्सी, ३ असोज । वर्षौंदेखिको अशान्तिको बोभ्ले दबिएका यमनी जनता अहिले निरन्तर खडेरीको चुनौति सामना गरिरहेका छन् । यसले यमनको कृषि क्षेत्रको लागि झनै खतरा निम्त्याएको छ । कृषि क्षेत्र युद्धग्रस्त यमनी जनताका लागि जीवन जिउने माध्यम हो । सानाको बाहिरी भागमा रहेका गाउँहरुमा सुख्खा र फुटेको माटो, सुख्खा इनारहरु देखिएका छन् ।

राजधानीबाट करिव १० किलोमिटर उत्तरपूर्वमा रहेको सावन गाउँमा पानीको जलाशय सुकेका छन् । यस वर्ष यमनमा कम वर्षा भएको छ । जसकारण कृषि क्षेत्रमा उल्लेख्य अन्नबाली लगाउन जनताले सकेका छैनन् । हालैको एक प्रतिवेदनमा संयुक्त राष्ट्र (युएन) ले जलवायु परिवर्तन सम्बन्धी प्राकृतिक प्रकोपहरुले युद्धग्रस्त देशमा मानवीय संकट बढाएको र मौसमी घटनाले सिंचाई सुविधा ध्वस्त पारेको बताएको छ ।

यमनमा खाद्यान्न र जीविकोपार्जनमा असुरक्षा बढ्दै गएको छ । संयुक्त राष्ट्रसंघका अनुसार यमनमा २०२२ यता प्राकृतिक प्रकोप र अन्य प्रकोपका कारण बिस्थापित व्यक्तिहरुको संख्या दोब्बर भएको बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);