काठमाडौं, २९ भदौ । धनुषामा एक बालकको मंगलमा डुबेर मृत्यु भएको छ । खुल्ला छाडिएको मंगलमा डुबेर २ वर्षीय बालकको मृत्यु भएको हो ।
जनकपुर उपमहानगरपालिका–२५ केउटानी टोलमा खुल्ला राखिएको मंगलमा डुबेर रोहन मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालक कतै नदेखेपछि मंगलमा हर्दा बालक डुबिरहेका थिए । उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल लगेपनि चिकित्सकले बालकको मृत्यु भएको घोषणा गरेका थिए ।
२ वर्ष अघि नै केउरानी टोल ढलान गरेपनि मंगल भने खुल्ला नै छाडिएको थियो ।