काठमाडौं,१० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एउटा संसदीय समितिको सभापति दिन तयार भएका छन् । प्रचण्डले सबैलाई समेटेर जान राप्रपालाई एउटा सभापति दिन चाहेको बुझिएको छ ।
केही दिन अघि नै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र प्रचण्डबीच संसदीय समितिको सभापतिबारे छलफल भएको थियो । लिङदेनले एउटा सभापति मागेका थिए । तर, यतिबेला लिङदेन दुबईमा छन् ।
राप्रपाले कुन समिति पाउने हो त्यसबारे भने केही खुलेको छैन् । सत्तागठबन्धनको भागवण्डा अनुसार माओवादीको भागमा पूर्वाधार विकास र न्याय, कानुन तथा मानवअधिकार समिति परेका छन् । सो समितिमा राप्रपाबाट धु्रवबहादुर प्रधानलाई सभापति बनाउने तयारी भएको बुझिएको छ ।