सन्दीप लामिछानेबिरुद्धको मुद्दाको सुनुवाई हुँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

सन्दीप लामिछानेबिरुद्धको मुद्दाको सुनुवाई हुँदै

काठमाडौं, १० भदौ । क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको जबरजस्तीकरणीको मुद्दामा आजबाट सुनुवाई हुँदैछ । काठमाडौं जिल्ला अदालतमा आज आईतवार पेशी रहेको छ । लामो समयदेखि पेशी चढेर स्थगित हुने गरेको मुद्दामा आज भने अन्तिम सुनुवाई गर्ने अपेक्षा गरिएको छ ।

१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी) माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ । सन्दीपबिरुद्ध मुलुकी अपराध संहीता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ ।

उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);