काठमाडौं, ३२ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर ( नेपाल नजिक) रहेको छ । हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आँशिक देखि सामान्य बदली रहेको छ ।
देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।
आज २०८० श्रावण ३२ गते (बिहिबार) । आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागको केहि स्थानहरुमा र बाँकी भू–भागको थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै,आज राति देशभर आँशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।