काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुुर लिम्बूले युवाहरुमा देशमा केही हुँदैन भन्ने नैराश्यता छाएको बताउनुभएको छ ।
२४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री लिम्बूले अहिले नेपाली युवाहरुमा देशमा केही हुँदैन र केही छैन भन्ने नकारात्मक विचार लिएर सबै विदेश जान थालेको बताउनुभएको हो । उहाँले युवाहरुलाई आफ्नै देशमा बसेर श्रम शक्ति खर्च गरी देश बनाउनतर्र्फ नेतृत्वदायी भुमिका निभाउन आग्रह गर्नुभयो । मन्त्री लिम्बूले सरकारले शुसासन दिन खोजेको भन्दै युवाहरु राजनितिक, आर्थिक, सामाजिक क्षेत्रमा आएर नेतृत्व गर्नुपर्र्ने समय आइसकेको बताउनु भयो । उहाँँले नेपाली युवासँग सीप, क्षमतासँगै इच्छाशक्ति हुनुपर्ने धारणा राख्नुभयो ।
उहाँले युवाहरुलाई रोजगारी दिलाउने कार्यक्रम ल्याउन सरकार तल्लीन रहेको बताउनु भयो । युवाहरुले मुलुक हाँक्न र देशलाई समृद्धीको दिशातर्फ लैजानको निमित्त तयारीका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो । मन्त्री लिम्बूले सरकारले युवा नीति परीमार्जन गरेर अधिकतम युवाहरुलाई अवसर दिन चाहेको बताउनु भयो । उहाँले युवा नीति राम्रो बने परिणाम पनि राम्रो आउने भन्दै युवाहरु मिलेर देशलाई अघि बढाउनुपर्र्ने बताउनु भयो ।
मन्त्री लिम्बूले देश विकास निर्माणमा युवाको नेतृत्वदायी भुमिका रहने बताउनु भयो ।