पहिरोका कारण भीमदत्त राजमार्ग पाँच दिनदेखि अवरुद्ध, यात्रुलाई सास्ती व्यापारी हैरान | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

पहिरोका कारण भीमदत्त राजमार्ग पाँच दिनदेखि अवरुद्ध, यात्रुलाई सास्ती व्यापारी हैरान

पुष्कर भट्ट
कैलाली । भीमदत्त राजमार्गको कैलालीको गोदावरी नगरपालिका –४ बुढितोलामा गएको पहिरोका कारण पांच दिनदेखि सडक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नु परेको छ । सोमवार राजमार्गको बूढीतोला खण्डमा गएको पहिरोका कारण सडक सञ्चालनमा आउन नसक्दा यतिबेला यात्रुले सास्ती खेप्नु परेको छ भने साग तरकारी ब्यापारी हैरान भएका छन् ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध हुँदा पहाडी र तराईका जिल्लाको यातायात सम्पर्क टुटेको छ । दुईतर्फी गाडी सञ्चालन हुन नसकेपछि यात्रु चार दिनदेखि बीच बाटोमै अलपत्र परेका छन् ।

विभिन्न कामले पहाड वाट तराईमा आउने नागरिकले १ घण्टाको उकालो ओरालो वाटो छिचोलेर वल्ल अर्कौ पट्टि पुगिरहेका छन । सुदुरपश्चिमका पहाडि जिल्लामा जाने एकमात्र राजमार्ग भएको र यसको कुनै बैकल्पिक वाटो नहुदा आफुहरुले धेरै दुःख पाईरहेको भन्दै सरकारले बैकल्पिक बाटोको व्यवस्था गर्नुपर्ने माग यात्रुहरुले गरेका छन् ।

पहिरोको कारण सवारी राजमार्ग बन्द हुदा तराईमा बेचविखन गर्न लगिरहेको कृषि उपजहरु वटो खुल्ने आसमा विगत ४ दिनदेखि बुढितोलामै तरकारी वोकेर ल्याएका गाडिहरु रोकिराखेकाले तरकारी सडेर सडेर लाखौको क्षति भएको छ ।

पहाड वाट कैलाली कञ्चनपुर र अन्य जिल्लाका लाागी भनेर साग तरकारीले भरिएका ट्रकहरु अवरुद्ध वाटो नखुल्दा सवैखालेसाग तरकारी सडि सकेको र आफुहरुले लाखौको क्ष्ति बेहर्नु परेको व्यापारीहरुले बताएका छन् ।

मंगलवार विहानै देखि सडक डिभिजन कार्यालय कञ्चनपुरले पहिरो गएका विभिन्न ठाउको पहिरो पन्छ्याएर राजमार्ग खौदै गएपछी गादावरी नगरपालिका –४ मा गएको ठुलो पहिरो जादा ठाउँ ठाउँमा सडक भासिाए र चर्किएका कारण निर्वाध रुमा सडक सुचारु गर्न अझै केहि दिन लाग्ने सडक डिभिजन कार्यालय कञ्चनपुर का कार्यालय प्रमुख हरि प्रसाद सुबेदी ले बताएका छन ।

आहिले ३ वटा जेसिवि २ वटा लोडर तथा १ वटा डोजर लगाएर बाटो सम्याउन र सडक किनार ढुंगा भर्ने काम भइरहेको छ । सडक डिभिजन गाडी हेवि गाडिहरु गुड्न भने अझै केही दिन लाग्ने सडक डिभिजन कार्यालय कञ्चनपुरले जानएको छ ।

यो सडक खण्डको झण्डै चार सय मिटर लामो भागमा माथिबाट ठूलो पहिरो खसेको छ भने एक सय मिटर सडक भासिएको छ । पहिरो खस्दा नजिकैका सात÷आठ घरपरिवार रहेको बस्ती पनि जोखिममा परेको छ ।

उनिहरुको घर वारी सवै घर माथि वाट आएको पहिरोले क्षति ग्रस्त भएकोछ भने विस्थापितहरु छिमेकी कहाँ आश्रय लिएर वसिरहेका छन् ।

यता यात्रुहरुलाई सहजताका सुदुर पश्चिम ट्राफिक कार्यालय अत्तरिया वाट जनशक्ति पठाएर पहाडी जिल्लाबाट आएका सवारी साधन सडक अवरूद्ध भएको ठाउँसम्म आएकालाई तराई वाट गएका सवारी साधन लाई पल्टी गरी यात्रु ओसार पसार मा सहजता गरीराखेको र पहिरो गएको ठाउको वारि र पारि चुस्त दुरुस्त तरिकाले ट्राफिक व्यवस्थापन गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका कार्यालय प्रमुख प्रहरी उपरिक्षक नेत्रमणि गिरीले वताएका छन् ।

यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बूढीतोला सडक खण्डको स्थलगत अवलोकन गर्दै छिट्टै राजमार्ग सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);