काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार संसद बाहिरनै संसदको अभ्यास गरेको छ ।
लगातार प्रतिनिधि सभा बैठक अवरोध हुँदा जनताका कुरा राख्न नपाइएको भन्दै रास्वपाले संसद बाहिरबाट सभामुखलाई सम्बोधन गर्दै रचनात्मक विरोध गरेको हो ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको मुलगेटमा रास्वपाका २० जना सांसदहरूले सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै आ–आफ्ना कुरा राखेका थिए ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गर्दै लगातार प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएको छ।