संसदीय सुनुवाई समितिले गर्‍यो प्रश्तावित दुई राजदुतको सुनुवाई | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

संसदीय सुनुवाई समितिले गर्‍यो प्रश्तावित दुई राजदुतको सुनुवाई

काठमाडौं । संसदीय सुनुवाई समितिले दुई देशको राजदुतमा प्रश्तावित व्यक्तिहरुको सुनुवाई गरेको छ ।

समितिको बिहीवार बसेको बैठकले युनाइटेड अबर इमिरेट्स (युएई) का लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि प्रश्तावित राजदुत घनश्याम लम्सालको सुनुवाई गरेको हो । प्रश्तावित राजुतहरुले आफूले जिम्मेवारी पाए दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न भुमिका खेल्ने बताउनु भयो । बैठकमा बोल्दै युएईका लागि प्रश्तावित नेपाली राजदुत तेजबहादुर क्षेत्रीले आफ्नो लागि यो एउटा अवसर भएकाले त्यहाँ रहेका नेपालीहरुको सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले देशको हीतका लागि आवश्यक कामहरुलाई त्यहाँको सरकारस्ँग समन्वय र सल्लाह गरेर अघि बढाउने, दुई पक्षीय सम्बन्ध सुधार र बिस्तारका लागि काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

बैठकमा कुवेतका लागि प्रश्तावित राजदुत घनश्याम लम्सालले आफू संसदीय समितिबाट अनुमोदित भएपछि कुवेतमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाभिमानलाई ध्यान राखेर काम गर्ने बताउनु भयो । उहाँले त्यहाँ रहेका नेपाली नागरिकको हक, हीतका विषयमा केन्द्रित भइ काम गर्ने बताउनु भयो ।

समितिको बैठकमा सांसदहरुले राजदुतहरुले नियुक्त भएको देशमा पुगेपछि विश्रामस्थलको रुपमा लिने गरेको भन्दै आगामी दिनमा त्यसो नगर्न सचेत गराए । राजदुत नियुक्त भइसकेपछि सम्बन्धित देशमा रहेका नेपाली नागरिकहरुको हक हीत सुनिश्चित गर्न जोड दिन आग्रह गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);