बैंकक,१५ साउन । दक्षिणी थाइल्याण्डमा शनिबार एउटा आतिशबाजी कारखानामा विस्फोट भएको छ । यस विस्फोटमा मृत्यु हुनेको संख्या १२ पुगेको छ । योसँगै विस्फोटमा घाइते हुनेको संख्या १२१ पुगेको छ ।
राज्य सञ्चालित रेडियो थाइल्याण्डका अनुसार मारिनेमा कम्तीमा दुई बालबालिका रहेका छन् जसमा एक चार वर्षीय केटा र एक आठ महिनाकी बालिका छन् । दक्षिणी थाइल्याण्डमा भएको गोदाम विस्फोटमा कम्तीमा १२१ जना घाइते भएको उनले बताए ।
सीएनएनका अनुसार मुनो सहरमा भएको घटनाको गोदाम र वरपरको क्षेत्र भग्नावशेषमा परिणत भएको छ । समाचार अनुसार सयभन्दा बढी घरमा क्षति पुगेको छ ।
नाराथिवाट प्रान्तीय प्रहरी कमाण्डर अनुरुथ इम्राबले आइतबार पत्रकार सम्मेलनमा गोदाम मालिकविरुद्ध प्रहरीले मुद्दा चलाउने बताए । रिपोर्टका अनुसार अधिकारीहरूले अझै पनि धेरै मानिस भग्नावशेषमा फसेको महसुस गरेका छन्।
विष्फोटबाट करिब ५०० मिटरको दायरामा क्षति पुगेको प्रतिवेदनले जनाएको छ । घटनाका धेरै भिडियो भाइरल भएका छन् । भिडियोहरूले यस क्षेत्रमा धुवाँको ठूलो मुस्लो, धेरै ध्वस्त भवनहरू, अटोमोबाइलहरू र मोटरसाइकलहरू, र भग्नावशेषले भरिएका सडकहरू देखाए।