दक्षिणी क्यालिफोर्नियामा विमान दुर्घटना,पाइलटसहित तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

दक्षिणी क्यालिफोर्नियामा विमान दुर्घटना,पाइलटसहित तीन जनाको मृत्यु

अपल्याण्ड, १५ साउन । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा आइतबार विमान दुर्घटना भएको छ । दक्षिणी क्यालिफोर्निया एयरपोर्टको ह्याङ्गर (एयरपोर्ट)सँग एकल इन्जिन भएको विमान ठोक्किएको बताइएको छ । ह्याङ्गरमा ठोक्किएपछि विमानमा आगो लागेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

विमानमा आगो लागेपछि एक पाइलट र दुई यात्रुको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अधिकारीहरुको अनुुसार सानो विमान थियो, जसमा तीन जनाको मृत्यु भएको थियो।

संघीय उड्डयन प्राधिकरणले बिचक्राफ्ट पी३५ मा तीन जना सवार रहेको बताएको छ । उनका अनुसार बिहान ६ः३० बजे अपल्याण्ड विमानस्थलमा उडान भर्ने क्रममा विमान दुर्घटना भएको हो ।

सान बर्नार्डिनो काउन्टीका अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिएको अपल्यान्ड प्रहरीले जनाएको छ। दुर्घटना लस एन्जलसको डाउनटाउनबाट करिब ४० माईल (६५ किलोमिटर) पूर्वमा भएको थियो।
ह्याङ्गरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । उनले दुर्घटनाको एफएए र राष्ट्रिय यातायात सुरक्षा बोर्डले अनुसन्धान गर्ने बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);