डेंगु संक्रमणबाट चार जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

डेंगु संक्रमणबाट चार जनाको मृत्यु

काठमाडौं । पछिल्लो डेढ महिनायता धरानमा डेंगु संक्रमणबाट चार जनाको मृत्यु भएको छ भने झन्डै दुई हजार जना संक्रमित भएका छन् ।

जेठ तेस्रो सातायता धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ४ जना डेंगु संक्रमितको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलकाअनुसार मृतक एक जनाबाहेकमा उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोग पनि देखिएको थियो । यता धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाको तथ्यांकमा भने हालसम्म धरानमा एक जनामात्र डेंगुको संक्रमणबाट मृत्यु भएको उल्लेख छ ।

डेंगु फैलिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक सातादेखि सातै दिन सञ्चालन हुने गरी छुट्टै निःशुल्क क्लिनिक सञ्चालन गरेको छ । क्लिनिकमा परीक्षण गराउने र परामर्श लिनेको चाप बढेको डा. पोखरेलले जानकारी दिनुभयो । उपमहानगरपालिकाले ६ सय थान र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक हजार थान किट उपलब्ध गराएपछि निःशुल्क डेंगु परीक्षण र उपचार सेवा दिइएको उहाँले जानकारी दिनुभयो ।

असार २९ देखि साउन ४ गतेसम्म क्लिनिकमा ६ सय ३८ जनाको डेंगुको परीक्षण गर्दा ४ सय ६५ जनामा संक्रमण पाइएको छ । तीमध्ये करिब १० प्रतिशतको सेन्ट्रल इमर्जेन्सी कक्षमा थप उपचार गरिएको छ । क्लिनिकमा आउने बरिामीमध्ये १५ प्रतिशत बालबालिका छन् । उता केही सातायता प्रतिष्ठानको आकस्मिक कक्षका ४० प्रतिशत शैया पनि डेंगु संक्रमितले ओगटेका छन् ।

यहाँ दैनिक ३० देखि ४० जना इमर्जेन्सीमा भर्ना हुने गरेका छन् । शैया अपुग भएपछि ट्रली र ह्विलचेयरमा राखेर उपचार गरिरहेको प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);