‘विद्युतीय व्यापार विधेयक, २०८०’ दफावार छलफल गर्न विधायन व्यवस्थापन समितिमा पेश | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

‘विद्युतीय व्यापार विधेयक, २०८०’ दफावार छलफल गर्न विधायन व्यवस्थापन समितिमा पेश

काठमाडौं । राष्ट्रियसभाले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा सो विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्विकृत गरेको हो । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सो विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेश गर्नु भएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही साउन ११ गते बिहीबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);