सीताको निधनले बुधबारका राजनीतिक गतिविधि ठप्प | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

सीताको निधनले बुधबारका राजनीतिक गतिविधि ठप्प

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएपछि बुधबारका लागि तय राजनीतिक गतिविधि ठप्प भए ।

दाहालको निधनपछि बुधबारका लागि निर्धारित राजनीतिक कार्यक्रम स्थगित भएका हुन । बुधबार बिहान ११ बजेर १ मिनेटमा बोलाइएको राष्ट्रियसभा बैठक विशेष कारण देखाउँदै बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित भयो । विशेष कारण भनिए पनि प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि बैठक स्थगित गरिएको बुझिएको छ ।

चार बजे बस्ने भनिएको समाजवादी मोर्चाको बैठक पनि स्थगित भयो । अर्को बैठकको मिति पनि तय नभएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । दाहालको निधनमा कांग्रेसले पनि केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक साउन २ गतेदेखि बस्ने कांग्रेसले जनाएको छ ।

चैत १७ मा मन्त्री बनेकाहरुले यस दिन आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम पनि स्थगित गरे । यस्तै संसदका विषयगत समिति अन्तर्गत अर्थ र उद्योग बाणिज्य तथा उपभोगक्ता हित समितिको बैठक पनि स्थगित भयो । अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई समेट्न कार्यक्रमको प्रधानमन्त्रीप्रचण्डले बुधबार उद्घाटन गर्ने कार्यक्रम थियो । उक्त कार्यक्रम अर्को मिति नतोकेसम्मका लागि स्थगित भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);