काठमाडौं, २४ असार । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै आज चौंथो पटक पनि अवरुद्ध पारेपछि राष्ट्रियसभा बैठक स्थगित भयो ।
एमालेका सांसदहरु बस्न नमानेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भोलि सोमबार बिहान ११ बजेर १ मिनेटसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
उनले प्रधानमन्त्रीलाई सत्तापक्ष दल र प्रतिपक्ष दलबीच छलफल गरेर संसद् सुचारु गर्ने विषयमा सहमति गर्न आग्रह गरेका छन् ।