राष्ट्रिय स्वतन्त्र पार्टीको हविगत पनि छिट्टै पुराना पार्टीहरुको जस्तै हुनेछः घनश्याम भुसाल | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

राष्ट्रिय स्वतन्त्र पार्टीको हविगत पनि छिट्टै पुराना पार्टीहरुको जस्तै हुनेछः घनश्याम भुसाल

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीको हविगत पनि पुराना राजनीतिक पार्टीहरुको जस्तैहुने दावी गर्नु भएको छ ।

दलाल, पूँजीवादले मुलुकमा ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलको रुपमा आएको सो पार्टीको पनि छिट्टै बेहाल हुने अवस्था आउने उहाँको तर्क थियो । पार्टी निकट कानुनी व्यवसायीहरुको संगठन ‘समाजवादी पेशागत कानुन व्यवसायी संगठन’ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव भुसालले दलाल, पूँजीवादले खडा गरेका समस्या समाधान नगरी कुनै पनि राजनीतिक दलहरु अघि बढन सक्ने अवस्था नरहेको तर्क समेत गर्नु भयो ।

उहाँले मुलुकमा रोजगारी सृजना गर्न र सुशासन कायम गर्न पनि दलाल पूँजीवादले ल्याएको विकृतिविरुद्ध संघर्ष गरेर अघि बढनुपर्ने जिकीर गर्नु भयो । महासचिव भुसालले दलाल पूँजीवादले मुलुकमा खडा गरेको समस्या समाधानका लागि बहस, पैरवी गर्न आग्रह गर्नु भयो । उहाँले आफ्नो पार्टी मात्रै दलाल, पूँजीवादले निम्त्याएका समस्या समाधान गरी समाजवादतर्फको यात्रामा अघि बढने कुराको सैद्धान्तिक मान्यतामा उभिएको दावी समेत गर्नु भयो ।

महासचिव भुसालले भन्नुभयो, ‘कस्तो कानुनी व्यवस्थाले त्यो रोजगारी सृजना हुने पूँजीको विकास हुन्छ । सँगसँगै कस्तो कानुनी व्यवस्थाले समग्रतामा सुशासनको व्यवस्था कायम गर्न सकिन्छ ? यी दुईटा कुरा आजको युगिन प्रश्न हो । यसको एउटै काम भन्ने हो भने आजको क्रान्तिले गर्नुपर्ने काम भनेको आजको दलाल, पूँजीवादको जुन समस्या छ । त्यसले सृजना गरेको जुन समस्या छन । त्यसकसो समाधान गर्ने हो । यहाँ केन्द्रित रहेर गोष्ठी, छलफल, अध्ययन जति हुन्छन् । र, यसको विकल्पहरु जति निर्माण गरिन्छन्, आजको कानुनी क्षेत्रले सबभन्दा ठूलो योगदान यसले गर्छ होला भन्ने मलाई लाग्दछ । मैले भने पनि फेरी पनि यसमाथि छलफल चलोस् । आज यो त एकदमै प्रारम्भिक कुरा भयो–अदालतलाई स्वतन्त्रता दिनु, त्यसलाई आवश्यक पैसा दिनु, त्यसलाई भौतिक संरचनाहरु मिलाई दिनु, राजनीतिक हस्तक्षेपहरुलाई अन्त्य गरिदिनु । यी सबै कुराहरु त एकदमै जरुरी हो । तर यदि दलाल पूँजीवादलाई, बिचौलिया तन्त्रमाथि प्रश्न नगरिएको कानुनी, संवैधानिक व्यवस्था, त्यस्तो राजनीतिक पर्यप्न, त्यस्ता राजनीतिक अभियान दुई दिनका कुरा हुन । अहिले राजनीतिक जुन नयाँ भन्ने चिज आईराख्या छ । स्वतन्त्र भन्ने जुन चिज आईराख्या छ । तिनको पनि त्यही हविगत हुन्छ । किनभने ती कसैले पनि यो दलाल, पूँजीवादमाथि कसैले प्रश्न उठाएका छैनन् । त्यसअर्थमा त्यस्तो सुशासनको कुरा उठाएका छैनन्, जसले रोजगारी सृजना हुन्छ । र, हाम्रा बच्चाबच्चीहरुले नयाँ जिन्दगीका लागि रोजगारी पाउँछन । र, त्यो भन्दा राम्रो रोजगारी पाउँछन । यसतर्फ उनीहरुका पनि मुद्दा केन्द्रित छैनन् । सैद्धान्तिक रुपमा नेकपा (एकीकृत समाजवादी पार्टी नै त्यो पार्टी हो, यसको अर्थ हो–राजनीतिक रुपमा हामीले अझ धेरै गर्न बाँकि छ । राजनीतिक रुपमा तिमीहरुले के ग¥यौ भन्नु हुुन्छ भने मैले धेरै कमी छ भन्छु । मेरै पार्टीमा पनि धेरै कमजोरी छन । सांगठनिक रुपमा बहुत धेरै कमजोरीहरु छन । तर, आज यो सारा सन्नाटामा एउटा राम्रो कुरा के हो, जुन कुरा हामीले दावी गर्दै आएको छौं । सैद्धान्तिक रुपमा आजको युगको समस्या के हो भन्ने कुरा टुंग्याएका छौं । यसको कुनै च्यालेन्ज छैन । यसको कुनै अर्को उत्तर अरुले दिएको छैन । यस अर्थमा सैद्धान्तिक रुपमा हामी ठिक ठाउँमा टेकेका छौैं । म सबै कानुन व्यवसायीहरुलाई अनुरोध गर्छु कि यो कुरालाई जोगाउनका लागि यतिले मात्रै हुँदैन । हामी राजनीतिक हिसावले पनि, सांगठानिक हिसावले पनि त्यसैगरी नै जानुपर्छ । यो पार्टीको काम हो । आज पार्टीको काम भनेको दलाल पूँजीवादको समस्यालाई समाधान गर्दै, राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादको कसरी तयारी गर्न सकिन्छ ? यहाँहरुको बढिभन्दा बढि योगदान अपेक्षित छ ।’

महासचिव भुसालले आफ्नो पार्टीले समाजवादको निर्माणको आधारहरु तय गर्दै अघि बढने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले पार्टी निकट कानुन व्यवसायीहरुलाई समाजवाद निर्माणका लागि न्यायालयभित्र रहेका बिचौलिया तन्त्रको अन्त्य हुने गरी लाग्न पनि सचेत गराउनु भयो

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);